
पौष २६, धादिङ ।
धादिङमा संचालित मिस र मिसेस धादिङ आइडल २०२० प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगिताको शनिवार भएको फाइनलबाट मिस धादिङ आइडल २०२० को उपाधि निलकण्ठ नगरपालिका वडा नम्व्र ३ की रोहन्सा श्रेष्ठले हात पार्न सफल हुनुभएको छ भने मिसेस धादिङ आइडल २०२० को उपाधि नेत्रावती डबजोङ गाउपालिका वडा नम्वर ३ की रेखा मम्बाले हात पार्न सफल हुनुभएको छ ।

प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीलाई पछि पार्दै रोहान्सा श्रेष्ठले मिस धादिङ आइडल २०२० र रेखा मम्बाले मिसेस धादिङ आइडल २०२० को उपाधि जित्नुभएको हो । मिस धादिङ आईडल २०२० को उपाधि हात पार्नुभएकी रोहन्सा श्रेष्ठ बेस्ट कन्फीडेन्ट अवार्डबाट समेत सम्मानित हुनुभएको छ भने मिसेस धादिङ आईडल २०२० को उपाधि हात पार्नुभएकी रेखा मम्बा बेस्ट पब्लीक च्वाईस अवार्ड र मोस्ट ट्यालेन्ट अवार्डबाट समेत सम्मानित हुनुभएको छ ।

यस्तै मिस धादिङ आइडल २०२० को फस्ट रनरअपको उपाधि अमिसा सिलवालले पाउनुभएको छ भने सेकेण्ड रनरअपको उपाधि अरुणा तामाङले पाउनुभएको छ । यस्तै मिसेस धादिङ आइडल २०२० तर्फ फस्ट रनरअपको उपाधि निलकण्ठ नगरपालिकाकी सर्मिला श्रेष्ठले पाउनुभएको छ भने सेकेण्ड रनरअपको उपाधि निलकण्ठ नगरपालिकाकै पबिता तामाङ श्रेष्ठले हात पार्नभएको छ । अमेजन इन्टरटेनमेण्टले मिस र मिसेस धादिङ आइडल २०२० को आयोजना गरेको हो ।