माघ ३, धादिङ ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ छापथोक गैरीगाउँमा ३ जना क्यानेडियन नागरिकहरु RILEY BOUDREAU, JOSH WEEKS, EJ LINK तथा आवद्ध संस्था STAND WITH NEPAL- CANADA को आर्थिक सहयोगमा सामुदायिक भवन निर्माण गरिएको गरिएको छ । कुल रु.१० लाख बराबरको लागतमा भवन निर्माण कार्य सम्मपन्न भएको हो । भवन निर्माणको लागी स्थानीय समाजसेवी रामकृष्ण तिमल्सिनाको विशेष पहल र स्थानीय रामप्रसाद तिमल्सिना, रेशम बहादुर थापा, र कमल प्रसाद तिमल्सिनाले आवश्यक जग्गा उपलब्ध गराएको थियो । भवन अकलादेवी कृषक समूह तथा साहारा क्लवको नाममा निर्माण गरिदिएको हो ।
नवनिर्मित भवनको यहि माघ २ गते विहीबार एक कार्यक्रमको बीच उद्घाटन गरिएको थियो । चित्र बहादुर थापा मगरको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा ज्वालाम्खी गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । भने वडा अध्यक्ष कृष्ण प्रसाद काप्रीको विशेष आतिथ्यता रहेको थियो । साथै नेकपा धादिङका जिल्ला कमिटी सदस्य हरि थापा, नेपाली काँग्रेस धादिङका जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका पार्टी प्रतिनिधि लगायत शिक्षक, समाजसेवी र वुद्धिजिविहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमा स्थानिय यूवा तथा महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रामकृष्ण तिमल्सिनाले कृषक समूह तथा क्लवको लागी आवश्यक मेशिन तथा औजारहरु पनि प्रदान गरेको थियो ।
