माघ ६, धादिङ ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बान्छेटारमा एक सवारी चालक मृत अवस्थामा भटिएका छन् । काठमाडौबाट रुपन्देहिको यात्रामा हिडेका ना ६ ख ७००३ नम्बरको मालवाहक ट्रकका चालक, रुपन्देहि सालजन्डी ६ का ३० बर्षिय सुर्य प्रसाद डङ्गोरीया थारु सोमबार मृत अवस्थामा भटिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोज राज पाण्डेले बताउनुभयो ।

मृतक थारुको शव, गजुरीमा रहेको शव गृहमा राखिएको छ । परिवार आएपछि पोष्माटम गरिने उहाँले बताउनुभयो । पाण्डेका अनुसार मृतक थारुले गत राती नजिकैको पसलमा अल्कोहल खाएका थिए । आइतबार बेलुकी आफ्नै ट्रकमा सुतेका थारु सोमबार विहान मृत अवस्थामा भेटिएको हो ।

ट्रकका सह चालक कपिलवस्तुका सिमोन थारुलाई सोधपुछको लागि इलाका प्रहरी कार्यालय गजुरीकामा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको पाण्डेले बताउनुभयो ।

Facebook Comments