२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सहकारीलाई सुचना प्रणाली सम्वन्धी तालिम संचालन

सहकारीलाई सुचना प्रणाली सम्वन्धी तालिम संचालन
सेयर गर्नुहोस्
०सेयर

माघ ६, धादिङ ।
गजुरी गाँउपालिका भित्रका सहकारी संस्थाहरुलाई सहकारी तथा गरिवी निवारण सम्वन्धी सुचना प्रणाली (कोपोमिस) तालिम संचालन गरेको छ । गजुरी गाँउपालिकाको आयोजनामा भएको कार्यक्रममा सहकारी संस्थाहरुलाई अनलाइन प्रणालीमा जोड्न सहकारी तथा गरिवी निवारण सम्वन्धी सुचना प्रणाली (कोपोमिस) तालिम संचालन गरीएको हो ।

तालिम पश्चात सहकारी संस्थाको अनुगमन अनलाइनबाट गरिने छ । तालिमको उद्घाटन गर्दै गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउन एकआपसमा एकिकरण गर्न आवश्यक रहेको बताउनुभयो । सहकारीका सञ्चालकहरु र व्यवस्थापकहरु सहकारी एकिकरण गर्न तयार हुन र एकिकरणमा सकारात्मक भुमिका खेल्न व्यवस्थापकहरुलाई अध्यक्ष बस्नेतले आग्रह पनि गर्नु भयो ।

संस्थाको आन्तरिक कार्य एजेण्डा तथा निर्णय कायान्वयनको अवस्था, कर्मचारी सम्वन्धी विवरण, संस्थाले प्रदान गर्न सक्ने परामर्श सेवा, समिति सदस्यले लिएको ऋणको विवरण दाखिला गर्नु पर्ने छ । वित्तिय प्रतिवेदन, विश्लेषण, साधरण सभा, निर्वाचन, बैठक, ऋणको विवरण राख्न सकिने सहकारी विभागका कम्प्युटर अधिकृत राजाराम पनेरुले बताउनुभयो । तालिममा गजुरी गाँउपालिकामा रहेका ३२ सहकारी संस्था मध्ये १४ सहकारी संस्थाहरुको सहभागिता रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।