२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ दुर्घटना : मृतकको संख्या ७ पुग्यो (अपडेट)

धादिङ दुर्घटना : मृतकको संख्या ७ पुग्यो (अपडेट)
सेयर गर्नुहोस्
०सेयर

माघ ७, धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित मैदी भञ्ज्याङ नजिक आईचर ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको ७ पुगेको छ ।

ज्वालामुखी गाउँपालिकाका वडा नम्बर ४ मा अवस्थीत ढोला मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना भएको हो । दुर्घटनामा परी ३० जना भन्दा बढी घाईते भएका छन् ।

गम्भीर घाईते १० जनालाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो । भने अन्य घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकि रहेको प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।