२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा आईचर ट्रक दुर्घटना हुँदा ६ को मृत्यु

धादिङमा आईचर ट्रक दुर्घटना हुँदा ६ को मृत्यु
सेयर गर्नुहोस्
०सेयर

माघ ७, धादिङ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित मैदी भञ्ज्याङ नजिक आईचर ट्रक दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना भएको हो । दुर्घटनामा परी ४० जना भन्दा बढी घाईते भएका छन् । घाईतेहरुको उद्धार गरी अहिले जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

गम्भीर घाईतेहरुलाई काठमाण्डौं पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । घट्ना स्थलमा प्रहरी, रेडक्रसकर्मी, स्थानीयहरुले उद्धार गरीरहेका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकि रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।