२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अमेरिकामाथि नेपालकाे कीर्तिमानी जित

अमेरिकामाथि नेपालकाे कीर्तिमानी जित
सेयर गर्नुहोस्
०सेयर

आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत नेपालले अमेरिकामाथि कीर्तिमानी जित निकालेकाे छ ।

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गर्‍याे । अमेरिकाले दिएकाे ३६ रनकाे झिनाे लक्ष्य नेपालले ५ दशमलव २ ओभरमै पूरा गर्‍याे ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल एक रन र सुवास खकुरेल शून्य रनमै पेभेलियन फर्किएका थिए । तर पारस खड्काले अविजित २० रन र दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाउँदै नेपाललाई सानदार जित दिलाए ।

याेसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा तेस्राे सर्वाधिक छिटो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएकाे छ ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भयाे ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले एक मेडन राखेर १६ रन खर्चिँदा ६ विकेट हात पारे । यो उनको करियरकै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।