
फागुन १, धादिङ ।
बागमती प्रदेश सरकारले बुधबार आफ्नो दोश्रो वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।
वार्षिक उत्सवको अवसरमा जिल्ला अस्पताल धादिङका मिलन बराईली सम्मानित हुनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा भएको कार्यक्रममा जिल्ला अस्पतालमा रहेर उत्कृष्ट कार्य गरेको भन्दै बराईलीलाई प्रमाण पत्र र नगद २५ हजारको साथमा सम्मान गरेको हो ।

यस्तै वागमती प्रदेशले १३ औं सागमा पदक दिलाउने प्रदेशका खेलाडी, कर्मचारी, स्थानीय तह, सामाजिक संघ संस्था, संचारकर्मीलाई सम्मान गरेको छ । विभिन्न माध्यमबाट प्रदेश सरकारलाई उल्लेख्य योगदान गरेको भन्दै सम्मान गरिएको हो ।