२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्दा एकको मृत्यु

सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्दा एकको मृत्यु
सेयर गर्नुहोस्
०सेयर

फागुन ११, धादिङ ।
पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ को ज्यामिरेघाटबाट ट्रक त्रिशुलीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान पृथ्वी लोकमार्ग अन्तरगत बिरगंजबाट बनेपा तर्फ जादै गरेको ना ५ ख ३७७७ नं. को शालिमार सिमेन्ट बोकेको ट्रकको टायर पड्किएर अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ट्रक चालक मकवानपुर भिमफेदी गा.पा-२ भैसे बस्ने ४६ वर्षिय बिखे थोकरको गजुरी अस्पतालमा उपचारको क्रममामृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परि सह–चालक सप्तरीको रुपनगर बस्ने बर्ष १८ का राजेश बि.क घाईते भएका छन् । घाईते सहचालकको भने अवस्था सामन्य रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।