फागुन १२, धादिङ ।
गजुरी गाउपालिकाको धरमपानी गाउलाइ सुरक्षित पानी पिउने गाउ घोषणा, गरिएको छ । धरमपानी गाउको ६४ घरधुरीले फिल्टरको प्रयोग गरी सुरक्षित पानी पिउन थालेपछी सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको हो ।

“सरसफाइ र स्वच्छतामा एक कदम अघि सरि, सधै सुरक्षित पानी पिउछौ हामी गावैभरी ” भन्ने मुल नाराका साथ सामुदायिक घोषणा तथा प्रतिबद्धता समारोहमा धरमपानी गाउलाइ सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको थियो । धरमपानी गाउमा ज्वालामुखी र अन्नपुर्ण सामुदायिक सस्थाले ६४ घरधुरीको लागी पानी शुद्दीकरण गर्नको लागी फिल्टर खरिद गरी बितरण गरेको थियो । ज्वालामुखी सामुदायिक सस्थाका अध्यक्ष डिलमाया बि.क को अध्यक्षतामा भएको कार्यक्रममा गजुरी गाउपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गजुरी गाउपालिका, वडा नम्वर २ का वडा अध्यक्ष चुडामणी कडेल, गजुरी गाउपालिका नेकपा का पार्टी सचिब माधब भन्डारी, वडा सदस्य नेतानन्द थपलिया शान्ती नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेल, सञ्जय बहादुर चन्द, सद्भाव गरीबी निबारण सहकारी सस्थाका व्यवस्थापक बासु सुबेदी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सामुदायिक सस्थाका वृद्ध सदस्य राजकुमारी योन्जनलाइ फिल्टर हस्तातरण गर्नुहुदै प्रमुख अतिथी बस्नेतले सुरक्षित पिउने पानी अभियान सबै टोलवस्तिमा सबै घरमा पुर्याउनुपर्ने धारणा राख्नुभयो ।

पुर्ण सरसफाइ निर्दे्शिका २०७३ अनुसार सन् २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ । यसै गरी जिल्ला समन्वय समिती धादिङ्को समन्वयमा जिल्लाका१३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा रहेको छ । यसै योजनालाइ सहयोग पुर्याउने उद्देश्यले वातावरण र जनस्वास्थ्य सस्थाको सहयोगमा शान्ती नेपालले गजुरी गाउपालिका, बेनिघाट रोराङ गाउपालिका र सिद्दलेक गाउपालिकाका १५ हजार घरधुरीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सन्चालन गर्दै आइरहेको छ ।

Facebook Comments