फागुन १६, धादिङ ।
जिल्ला प्रहरी कार्यालय धादिङले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दामा फरार एक जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ३ छाङ्गेटारका ३५ बर्षिय त्रिचन्द्र देवकोटा रहेका छन् ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष समेत रहेका देवकोटा विभिन्न स्थानमा घटना घटाइ फरार रहेका थिए । देवकोटालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
२०७६ साल असार १० गते धादिङको सिद्धलेक गाउपालिकका वडा नम्बर ६ मुक्तिनाथको मन्दिर नजिक कालुपाण्डे राजमार्गमा तरकारी राख्ने प्लाष्टिकको क्रेटमा बम राखी स्थानीयलाई आतंकित बनाउने तथा राजमार्गमा संचालन हुने सवारी चालकलाई समेत आतंकित बनाएको थियो ।
२०७५ साल पागुन ११ गते थाक्रे गाउपालिका वडा नम्बर ११ स्थित मान्खुमा रहेका एनसेलको टावरमा आगजानी, माघ २५ गते सिद्दलेक गाउपालिका वडा नम्बर १ बैरेनी स्थित कालुपाण्डे मार्गमा प्रेशर कुकर बम राखी राजमार्ग सडक अवरोध गरी स्थानीय मानिसहरुलाई आतंकित बनाएको थियो ।