
फागुन १५, धादिङ ।
जिल्ला प्रहरी कार्यलय धादिङले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अबैध घरेलु मदिरा र कच्चा पदार्थ बरामद गरि विहिबार नष्ट गरेको छ । बुधबार सदरमुकाम धादिङवेशींमा नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा र कच्चा पदार्थ विहिबार नष्ट गरिएको हो ।
सदरमुकाम धादिङवेशींको पुछारबजारदेखी सिरान बजार सम्मका होटलहरुमा छापा मारी १ हजार ५ सय लिटर घरेलु मदिरा र १ सय लिटर कच्चा पदार्थ बरामद गरीको थियो । घरेलु मदिरा सेवनबाट हुने घटनाहरु न्यूनिकरणका लागि घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने भाँडाहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
होटल व्यवसायीहरुलाई घरेलु मदिरा विक्रि वितरण बन्द गर्न अनुरोध गर्दै मदिरा सेवनबाट हुने वेफाईदाका विषयमा जानकारी गराईएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो । अबैध घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।