अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले सहयोग रोक्ने निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डब्लुएचओको भूमिकाको समीक्षा गर्दै प्रभावकारी काम गर्न असफल भएका कारण आफ्नो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको जानकारी दिनुभयो ।

ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाउनुभयो । डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो ।

Facebook Comments