२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालमा कोरोना संक्रमित १६ पुग्यो

नेपालमा कोरोना संक्रमित १६ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुईजनामा कोरोना भाइरस कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरू २८ दिनअघि बेलायतबाट नेपाल फर्किएका थिए । सोमबार ¥यापिड टेष्ट अर्थात दु्रत परिक्षणका क्रममा कोरोना भएको पाइएपछि पाटन अस्पताल भर्ना गरेर नमूना सङ्कलन गरिएको थियो । उनीहरूमध्ये ५८ वर्षका छोरा र ८१ वर्षका आमामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ जना पुगेको भएको छ ।

बुहारीको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सनसिटीमा आवास क्षेत्रमा पाँचवटा भवन छन् । अहिले कोरोना सङ्क्रमण देखिएको परिवार ए भवनमा बस्दै आएका थिए । अपार्टमेन्टलाई प्रहरीले पूर्ण रूपमा नियन्त्रणमा लिएको छ । त्यहाँ रहेका मानिसलाई बाहिर जान दिइएको छैन । त्यहाँ बस्नेहरूमा कोरोना सङ्क्रमण परीक्षण सुरु भएको छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको अभिलेख पनि खोज्ने कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

यो समाचार तयार पार्दा सम्म यो भाईरसबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार ६ सय ४ जना पुगिसक्यो भने संक्रमितको संख्या १९ लाख ९८ हजार १ सय ११ जना पुगिसकेको छ । यस्तै यो रोग लागेका ४ लाख ७८ हजार ६ सय ५९ जना विरामी निको भएर घर पनि फर्किएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।