२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालमा कोरोनो संक्रमितको संख्या ४१ पुग्यो

नेपालमा कोरोनो संक्रमितको संख्या ४१ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

नेपालमा मङ्गलबार एकैदिन १० जनामा कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण पुष्टि भएकाे छ । उदयपुरमा थप १० जनालाई मंगलबार एकैदिन कोभिड १९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शङ्कास्पद आएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएकोमा नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो छ ।

यसअघि मङ्गलबार नै उपयपुरमा अर्का एक जनालाई सङ्क्रमण भएको पाइएको थियो । योसहित उदयपुरमा मात्रै सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ भने देशभर सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । कोरोनाको आशङ्कामा उदयपुरमा तीन सय २० जनाको नमुना परीक्षण गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।