२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट ज्वालामुखी गाउँपालिका वडा नम्वर १ मा धेरै क्षति भयो । भुकम्पबाट वडामा ८ सय ७२ घरमा क्षतिपुग्यो । तर लाभग्राही सुचीमा ६ सय हाराहारीमामात्रनामआयो । बाँकी भुकम्प पिडितले वडा कार्यालयमा अन्याय भएको भन्दै नामआउनुपर्नेमादबाबदिनथाले, हुनपनि समस्यामा परेका भुकम्पपिडितहरुको आवाजजायजभएको भन्दै वडाअध्यक्ष रामप्रसादसिलवाललविभिन्ननिकायमाभनसुन, गर्ने, जिल्लाका नेताहरुलाई समस्या राख्ने काम गरे तर केहीभएन ।

यस्तै अवस्थामाबैशाख२०७६ सालअसोज १५ गते बुधवारकादिनज्वालाखुमीगाउँपालिका वडा नम्वर १ को वडा कार्यालय ठुलोचौर मैदीमा सार्वजनिक सुनुवाई कार्यक्रमभयो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जिल्लामा सञ्चालनगर्दै आएको भुकम्प पछिको पुनःनिर्माण र पुनस्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रमअन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रमभयो ।

कार्यक्रममाअनुदानव्यवस्थापनतथा स्थानीयपूर्वाधार कार्यालयकाप्रतिनिधि, जिल्लाआयोजनाकार्यान्वयनइकाई भवनतथाशिक्षाकाप्रतिनिधिको उपस्थिति रहेपछि उपस्थिति भुकम्पपिडितले आफ्ना वेदनातथा समस्याकाविषयमा फेरी प्रश्न गरे । त्यस क्रममाकतिपय सहभागिले वडा कार्यालयले पहलनगरेको समेत आरोप लगाए । लामो समयसम्म सवालजवाफचल्योे ।

सम्बन्धीतनिकायकाप्रतिनिधिले समस्या समाधानगर्ने आश्वासनदिए, कार्यक्रम सकियो । त्यसपछि वडाअध्यक्ष रामप्रसादसिलवालको व्यस्ततापहिलेभन्दाबढेर जानथाल्यो । गाउँमा धेरै भन्दा धेरै भुकम्पपिडितका समस्या रहेको अवस्थामा तर वडाअध्यक्ष रामप्रसादसिलवालको कामभने धेरै बाँकीथिए । भुकम्प पिडितको समस्या कसरी समाधानगर्ने ?यसका साथै बुढीगण्डकी डुवान क्षेत्रमा परेका ३ सय ३५ जनाको समस्याकसरी छिटो समाधानगर्नेे लगायतकाविषयमाव्यस्ता बढ्यो ।

यसअघि पनित्यस्ता समस्या वडा कार्यालयमा दैनिक रुपमाआउने गरेकाभएपनि, उहाले त्यसलाई आफ्नै ढंगबाट पहलगर्दै आउनुभएको थियो तर सार्वजनिक सुनुवाई कार्यक्रमपछि भने उहाले नियमित सम्पर्क गर्ने, जिल्लाका सम्बन्धीतकार्यालयमाफोन गर्ने, समस्या समाधानकालागि कस्ता पहलभइरहेको भन्ने विषयमाबुझ्ने, गर्दै आउनुभएको छ । यतिसम्मकि समस्या समाधानकालागिउहाँगत चैत्र ८ गते मात्रप्रदेश सभा सदस्य डा. रामकुमार अधिकारी, संविधान सभासदगुरुप्रसादबुर्लाकोटीलाइ सँग लिएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यालयमा समेत पुग्नुभयो ।

कार्यालयमा पुगेर वडाको समस्या राखेपछि प्रमुख कार्यकारी अधिकृत शुसील ज्ञवालीले धेरै ठाउँमा यस्ता समस्या रहेकाले बास्तविक भुकम्प पिडितलाई नछुटाईकन काम गर्ने तयारी भइरहेको आश्वासन दिनुभएको र आफुलाई केहीआशा लागेको वडा अध्यक्ष सिलवालले बताउनुभयो । ‘मलाई यो कार्यक्रमले कामगर्ने हौसला बढेको छ ।

यसअघि पनि समस्या समाधानको लागि पहल नगरेको होइन तर यस कार्यक्रममा सहभागि भुकम्प पिडितको भनाईले मलाई छिटो कामगर्ने समस्या समाधान गर्ने विषयमा घच घच्याएको जस्तो लागेको छ । काम ढिलो होला केही छैन तर म भुकम्प र पुनर्निर्माणको कामलाई प्राथमिकतामा राख्छु’ वडाअध्यक्ष सिलवालले भन्नुभयो ।

वडा अध्यक्षको कामप्रति भुकम्प पिडित पनि केही सन्तुष्ट नै छन् । भलै समस्या समाधानभइनसकेको भएपनि वडाअध्यक्षले सम्बन्धित निकायमा गर्नु भएको पहल र दौड धुपबाट भने उनीहरु सन्तुष्ट रहेका छन् । ‘हाम्रो समस्या समस्या त भएको छैन तर पनि वडाअध्यक्षले हाम्रो समस्यालाई पहिलो प्राथमिकतामा राखेर कामगर्नुभएको छ, जिल्ला देखि केन्द्रसम्म कुरा पु¥याउनु भएको छ, सांसदको पनि ध्यानाकर्षण गराउनुभएको छ, आशा छ हाम्रो समस्या ढिलै भएपनि अव समाधान हुन्छ होला’ भुकम्पपिडित कमल सिलवालले भन्नुभयो । तर देशमा देखिएको अहिलेको कोरोना समस्याले यी काममा बाधा उत्पन्न गराएको उहाले बताउनुभयो ।

Facebook Comments