२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चुनावी प्रचारप्रसारको अभियानका क्रममा बाटोमा लडेर उम्मेद्वार पाण्डे घाईते

सेयर गर्नुहोस्
०सेयर

कात्तित्र २९, धादिङ ।
चुनावी प्रचारप्रसारको अभियानका क्रममा धादिङको प्रदेशसभा क्षेत्र नम्बर १ को १ बाट आगामी निवार्चनमा उम्मेदवार दिनुभएका राजेन्द्रप्रसाद पाण्डे घाईते हुनुभएको छ । सँयुक्त बाम गठबन्धनको चुनावी अभियानका क्रममा धुनिबेशी नगरपालिका ७ तोप्लाङ नजिक लडेर नेता पाण्डे घाईते हुनुभएको हो ।

पाण्डेको टाउको ढुङ्गामा ठोक्किँदा टाउको, निधार, गाला र हातमा चोट लागेको छ । घाईते पाण्डेको नौबिसे स्थित नौबिसे स्वास्थ्य सँस्थामा सामान्य उपचार गराई काठमाण्डौँको मनमोहन अस्पतालमा लगिएको छ । धुनिबेशीको चिसापानी र तोप्लाङमा चुनाव सभा गरी मझुवा तर्फ जाँदै गर्दा बाटोमा लडेर पाण्डे घाईते हुनुभएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।