कात्तिक २९, धादिङ ।
धादिङमा निर्वाचन आचारसंहिताको पालना राम्रो भएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।

निर्वाचन आचारसंहिता पालनाका निम्ति जिल्लामा उम्मेदवारी गराएका उम्मेदवार, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुलाई बैठक राखेर आचारसंहिताको पालना गराउन प्रतिबद्ध गराएकोले आचारसंहिताको पालना राम्रो भएको जिल्ला निर्वाचन कार्यलय धादिङका निर्वाचन अधिकारी ईश्वर सिंखडाले बताउनु भयो ।

प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले यो पटक आचारसंहितालाई कडाइको साथ अगाडि बढाएको निर्वाचन अधिकारी सिंखडाले बताउनु भयो । निर्वाचनको लागि आयोगले उम्मेदवार, राजनीतिक दल तथा व्यक्तिहरुलाई चुनाव प्रचारप्रसार गर्दा जलुस, आमसभा, ¥याली, बैठक, भेला र सवारी साधनको प्रयोगमा विशेष ध्यान दिन आग्रह गरेको हो ।

त्यसैगरी आचारसंहिता उल्लङघन भएको छ भन्ने थाहा भएमा सर्वप्रथम निर्वाचन आयोगले प्रहरी प्रशासन लगाएर वुझन लगाउने र रोक्नमा पहल गर्ने निर्वाचन अधिकारी सिंखडाले बताउनु भयो ।

यदि आचरसंहिता उल्ङघन भएको हो भन्ने कुरा निर्वाचन आयोगले पुष्टि गरेमा उनीहरुलाई १ लाख सम्म जरिवाना तिर्न लगाउने र उम्मेदवारको हकमा उम्मेदवारी नै रद्द गर्ने प्रावधान रहेको समेत उहाँले जानकारी दिनुभयो ।

Facebook Comments