२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सोमबारदेखि अवरुद्ध पृथ्वीराजमार्ग विहिबारदेखी सञ्चालनमा आउने सम्भावना

सोमबारदेखि अवरुद्ध पृथ्वीराजमार्ग विहिबारदेखी सञ्चालनमा आउने सम्भावना
सेयर गर्नुहोस्
०सेयर

साउन ५ गते सोमबार दिनदेखि अवरुद्ध पृथ्वीराजमार्ग अझै संञ्चालनमा आउन सकेको छैन । पृथ्वीराजमार्ग अन्र्तगरत धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल निर्माणमा ढिलाई हुँदा सवारी आवागमन सोमबारेखि ठप्प छ ।

साउन ५ गते सोमबार परेको अविरल वर्षातका कारण मौवाखोलामा आएको बाढिले पुल बगाउँदा राजमार्ग अवरुद्ध बन्न पुगेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । ग्याल्बीन जालीमा ढुङ्गा राखेर बगाएको पुलको ठाउँमा सडक मर्मतकोे काम भईरहेको र विहिबार सम्ममा निर्माण कार्य सकिने प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।

सडक विभागका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियहरु मिलेर द्रुत गतीमा सडक निर्माणको काम भईरहेको छ । सोमबार मोौखोलामा आएको बाढिले ३ ओटा घर र ट्रिपर सहित ८ ओटा सवारी साधन बगाएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।