२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

७०.८३ प्रतिशत सहित निलकण्ठ क्याम्पस धादिङकी विवेचना सिलवाल नेपाल प्रथम

७०.८३ प्रतिशत सहित निलकण्ठ क्याम्पस धादिङकी विवेचना सिलवाल नेपाल प्रथम

केहिदिन अघि मात्रै क्यूएए प्राप्त गर्न सफल भएको धादिङ जिल्लाकै पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पसलाई अर्काे सफलता मिलेको छ । क्याम्पसकी विद्यार्थी विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको शिक्षा शास्त्र सङ्कायको परीक्षामा नेपाल प्रथम हुनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयद्धारा गत भाद्रमा लिइएको परिक्षामा सिलवाल प्रथम हुनुभएको हो । शिक्षाशास्त्र संकाय अन्तरगत अङ्ग्रेजी विषय अध्ययनरत सिलवाल ४ सय २५ अङ्क तथा ७०.८३ प्रतिशत ल्याई नेपाल प्रथम हुनुभएको नीलकण्ठ बहूमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्माले बताउनु भयो । यस्तै सोही तहमा अध्ययनरत नीलकण्ठ बहूमुखी क्याम्पसकै हिरालक्ष्मी श्रेष्ठ कुल ४ सय ९ अङ्क तथा ६८.१६ प्रतिशत सहित नेपाल तृतीय हुनुभएको क्याम्पस प्रमुख शर्माले बताउनु भयो ।

नीलकण्ठ क्याम्पसमा स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी तथा स्नातकोत्तर तहमा शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायको पठनपाठन भइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।