
दुवै मृगौला फेल भएका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मुरलीभञ्ज्याङका रामकृष्ण रिजालको उपचारका लागि मकाउमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ९, मुरलीभञ्ज्याङ निवासी नविन धमलाको पहलमा ग्यालेक्सी क्यासिनो मकाउमा कार्यरत सिक्युरिटीहरुबाट संकलित नगद ५१ हजार सहयोग रकम विरामी रिजाललाई हस्तान्तरण गरिएको हो । संकलित रकम स्थानीय खिलबहादुर धमला, नेकपा वाड नम्बर ९ वडा कमीटी अध्यक्ष भक्त बहादुर रेग्मी, प्रयास रेग्मी लगायतले मंगलबार बिहान विरामी रिजाललाई हस्तान्तरण गरेका थिए ।
बिगत ५ बर्ष देखि डाइलासिस गराउदै आउनु भएकोे रीजालको धेरै रकम उपचार खर्चमा सकिएपछि आर्थिक अभावमा मृगौला प्रत्यारोपणको प्रक्रिया रोकिएकोले रिजालको परिवारले आर्थिक सहयोगका लागि देश तथा विदेशमा रहेका नेपालीहरुलाई अपिल गरिरहेको छ । सबै सहयोगी मनहरुको सहयोग पाए आफ्नो श्रीमानले नयाँ जिवन पाउने रिजालकी श्रीमती रञ्जीला रिजालले बताउनुभयो । रकम हस्तान्तरण गर्दै खिलबहादुर धमलाले मृगौला प्रत्यारोपणका लागि सो रकम प्रयाप्त नभएकोले अन्य सहयोगीहरुलाई पनि यो उपचार अभियानमा हातेमालो गर्न समेत आग्रह गर्नुभयो ।
परिवारका सदस्यहरुलाइ थप उपचारमा लैजान हौसला प्रदान गर्दै अन्य सहयोगीहरुलाई पनि सहयोग गर्न प्रयास रेग्मीले आग्रह गर्नुभएको छ । सामाजिक सेवाभाव भएका नविन धमलाले यस अघि पनि घाँटीको हड्डी भाँचिएर उपचारमा समस्या भएका नीलकण्ठ नगरपालिका वडा नम्बर ९ गैह्राबारीका शिबकुमार श्रेष्ठलाई पनि नगद ५१ हजार सहयोग गरेको थियो ।
यो पनि पढ्नुहोस् :-