२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एउटै ओछ्यानमा थला परेका श्रेष्ठलाई मकाउमा रहेका नेपालीको आर्थिक सहयोग

एउटै ओछ्यानमा थला परेका श्रेष्ठलाई मकाउमा रहेका नेपालीको आर्थिक सहयोग
सेयर गर्नुहोस्
०सेयर

घाँटीको हड्डी भाँचिएर ओछ्यानमा थला परेका निलकण्ठ नगरपालिका वडा नम्बर ९ गैह्राबारीका शिबकुमार श्रेष्ठलाई मकाउको ग्यालेक्सी क्यासिनोमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकी डेढ वर्षदेखि ओछ्यानमै थला परेका श्रेष्ठलाई मकाउमा कार्यरत नेपालीहरुले ५१ हजार आर्थिक सहयोग गरेको छ ।

बारिको कान्लाबाट लडेर घाँटीको हड्डी भाँचिएपछि श्रेष्ठलाई शरीर हलचल गर्न समस्या हुन्छ । घाइते श्रेष्ठले उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौैंमा १० लाख नगद खर्च गरिसक्नुभयो । उपचार गर्दागर्दै अस्पतालले थप उपचारको लागि नसा सम्बन्धी अस्पतालमा जान भनेपछि खर्च अभाबले उपचार गर्न नसकी घरमै थलिनुपरेको श्रेष्ठकी श्रीमती धनमाया श्रेष्ठले बताउनुभयो ।

घरमा भएको अलिकति पैसा र ऋण गरेर पनि १० लाख खर्च भइसक्यो , आम्दानीको बाटो नभएपछि श्रीमान्को थप उपचार गर्न नसकेको श्रीमती धनमाया श्रेष्ठले बताउनुभयो । अहिले घरमुली नै ओछ्यानमा थला परेपछि श्रेष्ठ दम्पलीलाई छोरिहरुको पालन पोषण गर्न र घर व्यवहार चलाउन समस्या भएको छ । तर पनि सधै उज्यालो अनुहार लिएर बस्ने ४५ वर्षिय शिबकुमार श्रेष्ठलाई उपचार गर्न सके हिडडुल गर्न सक्ने आशा छ । तर पैसा नहुदा उहा ओछ्यानमै सुतेको डेढ वर्ष भयो ।

श्रेष्ठको समस्या स्थानीयबाट थाहा पाएपछि मकाऊमा रहेका मुरलीभञ्ज्याङका नविन धमलाले आफु काम गर्ने ग्यालेक्सी क्यासिनोमा कार्यत नेपाली सेक्युरिटीहरुबाटै ५१ हजार रुपैंया सहयोग संकलन गरि पठाएको प्रयास रेग्मीले जानकारी दिनुभयो । सधै सामाजिक सेवामा रुचि राख्ने नविन धमलाले पठाई दिएको उक्त रकम स्थानीय प्रयास रेग्मी, खिलबहादुर धमला, नेकपा ९ नम्वर वडा कमीटीका अध्यक्ष भक्त बहादुर रेग्मी लगाएतले शनिबार बिहान विरामी शिव कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

रकम हस्तान्तरण गर्दै अध्यक्ष भक्त बहादुर रेग्मीले यो रकम श्रेष्ठको उपचारका लागि प्रयाप्त नभएकोले अन्य सहयोगीहरुलाई यो उपचार अभियानमा हातेमालो गर्न समेत आग्रह गर्नुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।