२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा थप ९ जना कोरोना संक्रमित थपिए

धादिङमा थप ९ जना कोरोना संक्रमित थपिए
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शनिबार ९ जना कोरोना भाईरस सङ्क्रमीत थपीएका छन् । सङ््क्रमित त्रिपुरा सुन्दरी गाउपालिकाका ८ जना र बेनिघाट रोराङ गाउपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

त्रिपुरासुन्दरी गाउपालिकाका १८, २१, १८, २९, ३०, ३६ बर्षिय पुरुष, २१, २४ बर्षिया महिला र बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ३ का ४५ बर्षिया महिला रहेका छन् । योसगँै जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या २ सय ११ पुगेको छ । कन्ट्रयाक टे«सिङ र स्व इच्छाले आफ्नै खर्चमा पिसिआर परिक्षण गरीएकोमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कन्ट्रयाक टे«सिङको आधारमा धुनिबेसि नगरपालिकाका ६ जना र थाक्रेका १४ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणको लागि काठमाडौँ पठाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।