२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

निशेधाज्ञा उलंघन गर्ने १ सय ४० ओटा सवारीधनीहरु कारवाहीमा

निशेधाज्ञा उलंघन गर्ने १ सय ४० ओटा सवारीधनीहरु कारवाहीमा
सेयर गर्नुहोस्
०सेयर

जिल्ला प्रहरी कार्यलय धादिङले निषेधाज्ञा उलङ्घन गर्नेलाई कारवाही गर्न थालेको छ ।

धादिङमा निशेधाज्ञा उलंघन गर्ने सबै भन्दा धेरै मोटरसाईकल छन् । अहिलेसम्म १ सय ५३ ओटा सवारीधनी कारबाही परेका छन् । निषेधाज्ञा उलङ्घन गर्ने सवारीसाधनबाट ९७ हजार ५ सय राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । अहिलेसम्म ७ सय ६६ सवारीसाध होल्डीङमा परेकोमा छन् ।

आईतबार मात्रै ४० ओटा सवारीसाधन होल्डीङमा राखिएको थियो । पहिलो चोटि होल्डीङमा परेका सवारीसाधनलाई ६ घण्टा होल्डीङमा राखिने र अर्को पटक पनि उलंघन गरे जरीवाना लगाईने प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो । जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या बढेसगैँ १६ गतेसम्म निषेधाज्ञा जारी गरीएको छ । स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा उलङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरीएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।