धादिङको ज्वाँलामुखि गाउँपालिका वडा नम्बर २ मैदीमा प्रहरी चौकीकै अगाडी २ समूह विच झगडा भएको छ । केराको बोट काटेको विषयमा विवाद भएपछि छलफलका लागि प्रहरी चौकी मैदीमा जम्मा भएका नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताहरु विच कुटाकुट भएको हो ।

प्रहरी चौकी भित्र छलफल भईरहँदा छलफलमा सहभागीलाई उत्तेजीत बनाएको भन्दै प्रहरीले स्थानिय लाल बहादुर बस्नेतलाई पक्राउ गरेको छ । ज्वालामुखि २ काफलपानीका बलराम गिरिको केराको बोट काटिएको भन्दै उनले प्रहरीमा उजुरी दिएका थिए ।

उक्त विषयमा विवाद भएपछि छलफलका लागि प्रहरी चौकी मैदीमा भेला भएकाहरु विच कुटाकुट भएको हो । विषयको केराको बोट काटेको भएपनि केहि दिन अघि पार्टी प्रवेशको विषयलाई लिएर झगडा भएको स्थानियले बताएका छन् । घटनामा वडा नम्बर २ का वडाअध्यक्ष रणबहादुर शाहीको समेत संलगनता रहेको नाम नखुलाउने सर्तमा एक जना स्थानियले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता एवं ईन्स्पेक्टर सरोज राईले भने सामान्य विवाद मात्र भएको बताउनुभएको छ ।

Facebook Comments