धादिङमा सोमबार थप ३ जना कोरोना भाईरस सङ्क्रमीत थपिएका छन् ।

सङ्क्रमण पुष्टि हुनेमा धुनिबेशी नगरपालिका वडा नम्बर २ का ४५ बर्षिय पुरुष, गजुरी गाउपालिका वडा नम्बर २ का ३८ बर्षिया महिला र त्रिपुरासुन्दरी गाउपालीका वडा नम्बर ४ का ३१ बर्षिया महिला रहेको जिल्ला स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले बताउनुभयो । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या २ सय ७१ पुगेको छ ।

त्यस्तै कन्ट्याक्ट टे«सिङको आधारमा १ सय १२ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणको लागि काठमाडौँ पठाईएको छ । अहिलेसम्म २ हजार ७ सय ८० जनाको पिसिआर परिक्षण गरीएको छ ।

अझै १ सय १२ जनाको रिपोर्ट आउन बाकीँ रहेको छ । जिल्ला बाहिर ३१ जना र जिल्लामा ३६ जना आईसोलेसनमा रहेका छन् भने, क्वारेन्टीनमा ५ जना रहेका छन् । अहिलेसम्म कोरोना निको भएर घर फर्कनेको सङ्ख्या १ सय ७१ रहेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

Facebook Comments