धादिङमा विहिबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

कन्ट्याक्ट टे«सिङ र स्वच्छाले आफ्नै खर्चमा पिसिआर परिक्षण गरिएका ७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा बेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ का ४०, २८, ४० बर्षिया महिला, सोहि वडाका २३ बर्षिय पुरुष, निलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३५ बर्षिय पुरुष, ज्वालामुखी गाउपालिका वडा नम्बर ३ का ३५ बर्षिय पुरुष, सिद्धलेक गायपालिका वडा नम्बर ५ का ३८ बर्षिय पुरुष रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ३ सय ४० पुगेको छ । यस्तै विहिबार कन्ट्याक्ट टे«सिङको आधारमा ६३ जनाको स्वाब सङ्कल गरी पिसिआर परिक्षणको लागि काठमाडौँ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६० हजार नजिक

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

उनीहरुमध्ये ३ सय ८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी जम्मा ७३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

Facebook Comments