२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा बुधबार ८ जना कोरोना संक्रमित थपिए

धादिङमा बुधबार ८ जना कोरोना संक्रमित थपिए
सेयर गर्नुहोस्
०सेयर

धादिङमा बुधबार थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट टे«सिङ र स्वच्छाले आफ्नै खर्चमा पिसिआर परिक्षण गरिएकोमा बुधबारथप ८ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा थाक्रे गाउपालिका वडा नम्बर ६ का ६० बर्षका पुरुष, ८३ बर्षका महिला, थाक्रे गाउपालिका वडा नम्बर ८ का १९, २१ बर्षका पुरुष, गल्छी गाउपालिका वडा नम्बर १ र ४ का २५ बर्षका दुई जना महिला, गल्छी गाउपालिका वडा नम्बर ६ का ३३ बर्षका पुरुष र गजुरी गाउपालिका वडा नम्बर २ का २६ बर्षका पुरुष रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाइरस सङ्क्रमीको सङ्ख्या ४ सय ३५ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।