२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट : संक्रमीत ७७ हजार ८१७ पुग्यो, ४९८ को ज्यान गयो

कोरोना अपडेट : संक्रमीत ७७ हजार ८१७ पुग्यो, ४९८ को ज्यान गयो
सेयर गर्नुहोस्
०सेयर

बितेको २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गैतमले बुधबार ७ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ ।

बुधबारै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या २० हजार ८९१ पुगेको छ ।

मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन् । यसअघि हिजो १० जनाको मृत्यु भएको थियो भने १ हजार ५१३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।