धादिङवेशी–भ¥याङ–भुरुङ सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । कोभिड १९ कारण बन्द भएको सडक कालोपत्रेको कम पुन सुरु गरिएको सडक आयोजनाका व्यवस्थापक विष्णु राउतले बताउनुभयो ।

नेपाल सरकार राष्ट्रिय पुन निर्माण प्राधिकरणको आर्थिक सहयोग तथा पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई धादिङको आयोजनामा सडक कालोपत्रे गर्ने काम पुन सुरु भएको हो । करिब ६ मिटर फराकिलो उक्त सडकको साढे ४ मिटर चौडा भाग कालो पत्रे गरिने पनि व्यवस्थापक राउतले बताउनुभयो ।

नेपाल सरकार राष्ट्रिय पुन निर्माण प्राधिकरणको २६ करोडको लागतमा सुरु भएको सडक कालोपत्रे गर्ने काम दंशै अघि नै गरिसक्ने लक्ष्य अनुसार काम भईरहेको पनि उहाँले बताउनुभयो । यस्तै सडकको विहिबार वागमती प्रदेश सभा सदस्य डा।रामकुमार अधिकारीले अनुगमन गर्नुभएको छ ।

अनुगमन गर्दै सांसद अधिकारीले समयमै काम सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

Facebook Comments