२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग कल्याण संघ धादिङको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग कल्याण संघ धादिङको प्रधानमन्त्रीलाई ज्ञापन पत्र
सेयर गर्नुहोस्
०सेयर

वर्तमान सरकारले अपाङ्गता भएकाहरुले पाउँदै आएको सेवा सुविधा कटौती गरि निराश बनाएको भन्दै राष्ट्रिय लोकतान्त्रीक कल्याण संघ जिल्ला कार्य समिति धादिङले विहिबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

ईतिहाँसकै बलियो कम्यूनिष्ट सरकारले समाजमा पछि परेका वर्ग, क्षेत्र र समुदाय लगायत अपांगता भएका व्यक्तीहरुको समेत शसक्तीकरण गरि थप अधिकार प्रदान गरेर स्वतन्त्र र स्वाबलम्बी तगा स्वाभीमानी नागरिक बनाउला भन्ने आशा रहेको तर वर्तमान सरकार बनेदेखि विगतमा प्राप्त भएका अधिकारहरु समेत बारम्बार कटौती गरि निराश बनाउँदै आएको विज्ञप्तीमा उल्लेख छ ।

बारम्बार निराश बनाउने काम गरेको भन्दै विभिन्न माग राखी प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । सामाजिक सुरक्षा भत्ता वितरणमा हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले रोक लगाएकोमा अभिलम्ब सामाजिक सुरक्षा ऐन २०७५ र नियमावली तुरुन्त संशोधन गरी भत्ता नियमित उपलब्ध गराउन माग गरेको छ ।

यस्तै संघले सरकारले हालसालै जारी गरेको अपांगता भएका व्यक्तीहरुको अधिकार सम्बन्धी नियमावली २०७७ अनुसार प्रदान गरिने सेवा तथा सुविधाहरुमा अपांगता भएका व्यक्तीहरु ीवच भएको विभेदलाई हटाई अपांगताको प्रकृति र आवश्यकता अनुसार सेवा तथा सुविधान दिने गरी नियमावलीको संशोधन गरियोस्, अध्यक्ष अश्विन लंसालद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

अबका दिनमा अपांगता धएका व्यक्तिहरुमा अधिकार कटौती र सेवा तथा सुविधा खोस्ने काम सरकारले नगरोस र मागहरु अभिलम्ब सुनुवाई नभए कडा आन्दोलन गर्ने सरकारलाई चेतावनी समेत दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।