
धादिङका सवै स्थानिय तहलाइ विकासका योजनामा समान प्राथमिकता दिएको बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताउनुभएको छ । स्थानिय जनताको आवश्यकता र माग अनुसार सवै स्थानिय तहलाइ प्रदेश सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
धादिङबेशीमा आयोजित ‘साझा सभा –रेडियो नागरिक बहस’ धादिङ विकास बहसमा भाग लिँदै कानुन मन्त्री जम्कट्टेलले कुनै पनि पालिका तथा र चुनावी क्षेत्र कसैलाइ काखा र कसैलाइ पाखा नगरिएको बताउनुभयो । काुनन मन्त्रीले प्रदेशसरकारका योजनाहरु आफ्नो पालिका अर्थात र निर्वाचन क्षेत्रमा मात्र पार्नुभयो नी ? भन्ने सहभागिको प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो ।
धादिङमा महिला हिंसाका घटना बढेको बारे सहभागिको प्रश्नमा बोल्दै मन्त्री जम्कट्टेलले आफुले कुनैपनि खालका महिला हिसांका घटनामा सम्झौता नगर्ने दावी गर्नुभयो । महिलामा मात्र नभइ अन्य जोसुकैलाइ पनि हुने हिसांका घटनामा पिडितको इच्छा विपरित आफुले जान नदिने बताउनुभयो ।
कार्यक्रम मार्फत धादिङ बेशीमा रहेको धादिङ अस्पताल र सल्यान्टार अस्पताल आफ्नो विशेष प्राथमिकतामा रहेको दोहो¥याउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले यसै आर्थिक बर्ष देखी प्रदेश सरकारले युवा स्वरोजगारका लागी ३ अरव रकम को कोष स्थापना गरेको र यस्को कार्यविधी पनि पास गरिएको बताउनुभयो । उद्यम गर्न चाहने युवाले स्थानिय तहको प्रमाणीकरणमा ५ देखी १० लाख ३ प्रतिशत शहुलियत व्याजमा ऋण पाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती धादिङका प्रमुख जगन्नाथ नेपालले धादिङका १३ ओटा स्थानिय तहविच समन्वयकारी भुमिका निर्वाह गरिराखेको बताउनुभयो । जसका लागी समय समयमा सवै तहका प्रमुख उपप्रमुख विच बैठक भैरहेको बताउनुभयो ।
कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले र सिद्धलेक गाउपालिकाका प्रमुख प्रेमनाथ सिलवालले गाउपालिकाको विकासका काम र सेवाका बारेमा सहभागीका प्रश्नको जवाफ दिएका थिए ।
‘सवाल, जवाफ, योजना, अवसर र चुनौती’ यिनै साझा विषयमा जिल्लाको विभिन्न सरोकारवाला निकायको सहकार्यमा डेक नेपालले धादिङ विकास बहस भाग २ को आयोजना गरेको हो । धादिङमा भैरहेको विकास निर्माणका काम र आगामाी दिनका विकास योजनाका बारेमा सम्वन्धित निकायलाइ जवाफदेही बनाउन बहसको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधीको सहभागिता रहेको थियो । कार्यक्रमको रेडियो धादिङ, रेडियो विहानी र निलकण्ठ एफ एमले प्रत्यक्ष प्रशारण गरेको थियो । रेडियो सुनेर सहभागिले विभिन्न विषयमा आफ्नो प्रश्न समेत राखेका थिए ।