धादिङमा शुक्रबार थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । निलकण्ठ नगरपालिकामा मात्रै थप १५ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २३, ४३, ३३, ४६ बर्षका पुरुष, ४८ बर्षका महिला, नलिकण्ठ नगरपालिका वडा नम्बर ९ का २६ बर्षका २ जना महिला, २१, २५ बर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का १८, ४३ बर्षका महिला, ४८ बर्षका पुरुष, निलकण्ठ नगरपालिका वडा नम्बर ४, ५, ११ का क्रमश २८, २१, ३७ बर्षका पुरुष रहेका छन् ।

त्यस्तै थाक्रे गाउपालिका वडा नम्बर ६ का २४ बर्षका महिला, ३२ बर्षका पुरुष, गल्छी गाउपालिका वडा नम्बर ६ का ३६, २७ बर्षका पुरुष, गजुरी गाउपालिका वडा नम्बर २ र ६ का क्रमश ३४, ५१ बर्षका पुरुष, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ७ का २४ बर्षका महिला रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ४ सय ६८ पुगेको छ । कन्ट्याक्ट टे«सिङको आधारमा थाक्रे गाउपालिकाका ११ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणको लागि शुक्रबार काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

यस्तै नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएसगै नगरपालिकाले दिने अत्याआबश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ । कर्मचारीको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङको प्रतिबेदन नआउन्जेलसम्मको लागि नगरपालिकाको अत्याआबश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ ।

यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर ७, ८ र ९ क्षेत्रका शैक्षिक संस्था, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सार्वजनि सेवा, मठ मन्दिर, बैठक, सभा, सम्मेलन लगायतका सम्पूर्ण कार्य शुक्रबारदेखि असोज २२ गतेसम्मको लागि बन्द गरिएको छ ।

Facebook Comments