२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

निलकण्ठ नगरपालिका भित्रका विद्यालयमा हुने भनिएको कक्षा ११ को परिक्षा अन्योलमा

निलकण्ठ नगरपालिका भित्रका विद्यालयमा हुने भनिएको कक्षा ११ को परिक्षा अन्योलमा
सेयर गर्नुहोस्
०सेयर

कोभीड १९ कारण वैशाखमा स्थगित भएको कक्षा ११ को परिक्षा यहि असोज २९ गतेबाट सञ्चालन हुने भएको छ । धादिङको नीलकण्ठ नगरपालिका भित्र रहेका विद्यालयहरुहरुमा यही असोज २९ गतेबाट सञ्चालन हुने निलकण्ठ नगरपालिकाका स्रोत व्यक्ती मेघनाथ कोईरालाले बताउनुभयो ।

नगरपालिका भित्र उच्च माध्यमिक संञ्चालनमा रहेका विद्यालयहरु विच मर्यादित र व्यवस्थीत बनाउँदै एकरुप्ता कायम गर्नको लागि परिक्षा संञ्चालन गर्ने निर्णय गरिएको काईरालाले बताउनुभयो । वैशाखमा स्थगित भएको परीक्षा विद्यालय आँफैले सञ्चालन गर्न पाउने गरी उच्च माध्यमिक शिक्षा परिषद्ले तयार कार्यविधिलाई आधार मानी परीक्षा संञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

‘परिक्षा सञ्चालन गर्ने विद्यालयको कुरा हो, परिस्थति हेरेर परिक्षा संञ्चालन गर्ने नगर्ने उहाँहरुले निर्णय गर्नुहुन्छ, - कोईरालाले भन्नुभयो, नगरपालिकाले समन्वयको भूमिका मात्रै वहन गर्न लागेका हौं । ’

परीक्षा सञ्चालनका लागि नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुब अधिकारीको संयोजकत्वमा ३ सदस्यीय परीक्षा सञ्चालन समिति समेत गठन गरिएको छ ।

असोज २९ गतेबाट परिक्षा संञ्चालन गर्ने भनिएता पनि परिक्षा संञ्चालन समितिले तयारी अगाडी बढाउन सकेको छैन । नगरपालिका भित्र कोरोना संक्रमितको दर बढि रहेका कारण महामारीको अवस्थालाई मध्यनजर गर्दै परिक्षा संञ्चालनको लागि पुर्नविचार समेत हुने परिक्षा सञ्चालन समितिका अध्यक्ष्य एवं निलकण्ठ माध्यमिक विद्यालयका प्रधानध्यापक ध्रुव अधिकारीले बताउनभयो ।

अन्य सम्बन्धीत निकाय, संघ संस्थासँग, शिक्षक, अभिभावकहरु सँग पनि एकचरण छलफल गर्न बाँकी नै रहेकाले असोज २९ गते नै परिक्षा हुन्छ भनेर बोल्न नमिल्ने अधिकारीले बताउनुभयो । यता विद्यार्थीहरुले भने तयारी नपुगेको बताएका छन् । विना तयारी परिक्षा दिन नसकिने विद्यार्थीहरुको भनाई छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।