राज्यले पशु पंक्षीको क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई उपेक्षा गर्दै आएको पशुपंक्षी क्षेत्रमा कार्यरत कर्मचारीहरुले गुनासो गरेका छन् । पशुलाई मात्र नभई पशु पालक किसान, यस क्षेत्रमा काम गर्ने कर्मचारीलाई समेत हेलाको दृष्टिले हेर्ने गरेको उनिहरुले बताएका छन् ।

विश्व पशुपंक्षी दिवशको अवसरमा धादिङवेशींमा आयोजीत अन्र्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् । अन्य विज्ञताको हिसाबले अन्य कर्मचारी सरह भएपनि पशु शाखामा काम गर्नेहरु कर्मचारीह प्रति हेर्ने दृष्टिकोण फरक रहेको उनिहरुको भनाई थियो । पशुपंक्षी प्रति उचित सम्मान, मानव सभ्यताको पहिचान भन्ने नाराका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले विश्व पशुपक्षंी दिवशको अवसरमा अन्र्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्र्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा कार्यरत पशु प्राविधिक, कृषि विज्ञहरुको सहभागीता रहेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख किन्द्रबहादुर अधिकारीको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कंडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै झलकनाथ कंडेलले नेपालको ७७ जिल्लाका किसान मध्ये सबै भन्दा धेरै अपहेलित किसान धादिङमा रहेको बताउनुभयो ।

किसानको पक्षमा आवाजमा उठाउने निकाय नहुँदा धादिङका किसानहरु पिल्सिएर बस्नुपरेको प्रमुख कंडेलको भनाई थियो । कृषि ज्ञान केन्द्रलाई कोभिड अस्थायी अस्पताल निर्माण गरेको तर्फ लक्षित गर्दै कंडेलले स्थानिय सरकारदेखि केन्द्रिय सरकार स्तरबाट समेत किसानको लागि गैर जिम्मेवार बन्दा दुख लागेको बताउनुभयो ।

हरेक स्थानिय तहका जनप्रतिनिधिबाट पशु शाखाका कर्मचारीहरु हेपिएको अवस्था रहेकाले आफ्नो अस्तीत्व र विज्ञताको लागि सदैव लड्न कंडेलको आग्रह थियो । भारतले नाका बन्दी नगरि नेपालमा कृषि क्षेत्रले फड्को नमार्ने उहाँको भनाई थियो । भाषण र कागजमा मात्र कृषिमा आत्मानिर्भर बन्न नसकिने भएकाले यस तर्फ स्थानिय सरकार देखि केन्द्रिय सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

विश्वभर हरेक अक्टोबर ४ तारिखमा पशंपक्षी दिवश मनाउँदै आएपनि नेपालमा भने ४/५ वर्ष अघिदेखी मात्रै पशुपंक्षी दिवश मनाउँदै आएको छ । दिवशको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका अधिकृत पुण्यवती खकुराल रिजालले भावी योजना समेत प्रस्तुत गर्नुभएकोे थियो । किसान लक्षित योजनाहरु निर्माण गर्ने, कृतिम गर्भधान (एआई), किसानको पशुधन सुरक्षाको लागि ईन्स्योरेन्स शिक्षालाई जोड दिने, चौरी प्रर्वतन र धादिङ जिल्लामै उत्पत्ती भएको खरी जातको बाख्रा संर्वद्धन लगायतका कार्यक्रमहरु रहेको रिजालले बताउनुभयो ।

Facebook Comments