
धादिङका सोमबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार धादिङको धुनिबेशी नगरपालिकाका २ जना, थाक्रे गाउँपालिकाका २ जना, बेनिघाटरोराङ गाउपालिकाका २ जना, नेत्रावती डबजोङ, सिद्धलेक र गल्छी गाउपालिकाका १/१ जना गरि ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वासथ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
संक्रमण हुनेमा धुनिबेशी नगरपालिका वडा नं ६ का ६० वर्षका पुरुष, वडा नम्वर ८ की ४२ वर्षकी महिला, थाक्रे गाउपालिका वडा नम्वर ६ का ४१ वर्षका पुरुष, २४ वर्षकी महिला, बेनिघाटरोराङ गाउपालिका वडा नम्वर २ का ३१ र ५२ वर्षका पुरुष, नेत्रावती डबजोङ वडा नम्वर १ का २७ वर्षका पुरुष, गल्छी गाउपालिका वडा नम्वर ६ का ३३ वर्षका पुरुष, र सिद्धलेक गाउपालिका ३१ वर्षकी महिला रहेका जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो ।
यो सँगै धादिङ जिल्लामा संक्रमितको सङ्ख्या ४ सय ८९ पुगेको छ । संक्रमितमध्ये आज एक जना डिस्चार्ज भएसँगै धादिङमा ३ सय ३२ जना कोरोना निको भएर घर फर्किएका छन् । यस्तै आज फेरि ८७ जनाको स्वाब संकलन गरि पीसिआर परिक्षणको लागि पठाइएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।