
धादिङमा बुधबार ९ बर्षको बालीका सहित थप १६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका १० जना, ज्वालामुखी गाउपालिका र नेत्रावती डबजोङ गाउपालिका २/२ जना, गल्छी गाउपालिका र त्रिपुरासुन्दरी गाउपालिकाका १/१ जनामा बुधबार कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २४, २९, ३८ बर्षका पुरुष, वडा नम्बर ४ का २१, ३७ बर्षका पुरुष, वडा नम्बर ९ का ९ बर्षका बालिका, ४० बर्षका पुरुष, वडा नम्बर २ का ४२ बर्षका पुरुष, वडा नम्बर १० र १३ का क्रमश २७, २० बर्षका महिला रहेका छन् ।
त्यस्तै ज्वालामुखी गाउपालिका वडा नम्बर २ का ३७ बर्षका पुरुष, ज्वालामुखी गाउपालिका वडा नम्बर ६ का २३ बर्षका महिला, नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ३ का २८ बर्षका महिला, नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ४ का ३७ बर्षका पुरुष, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर २ का १९ बर्षका पुरुष र गल्छी गाउपालिका वडा नम्बर १ का ३३ बर्षका पुरुष रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या ५ सय १२ पुगेको छ ।