२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जिल्ला प्रशासन कार्यलय धादिङबाट अत्यावश्यक सेवा मात्र दिईने

जिल्ला प्रशासन कार्यलय धादिङबाट अत्यावश्यक सेवा मात्र दिईने
सेयर गर्नुहोस्
०सेयर

जिल्ला प्रशासन कार्यलय धादिङबाट प्रवाह हुँदै आएको सेवाहरु केही समयका लागि बन्द गरेको छ ।

कार्यलयका कर्मचारी र सेवाग्राहीमा कोरोनाको उच्च जोखीम रहेको भन्दै प्रशासनले शनिबार एक सूचना जारी गरि कात्तिक २ गतेदेखि अर्काे सूचना नभएसम्मको लागि सेवा प्रवाहको काम बन्द गरेको जनाएको छ ।

धादिङमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको र सेवाग्राहीको भिड अत्याधिक बढेका कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । सरोकारवाला निकायको परामर्शपछि कार्यलयले नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य बन्द गरेकोे हो ।

यस्तै निजी सुरक्षा कम्पनी, नवीकरण राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको हो । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मुद्दाको सुनुवाइसम्बन्धी सेवा, विपद व्यवस्थापनसम्बन्धी सेवाहरु भने नियमित संचालन रहने प्रशासनले जनाएको छ ।

अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न अनुरोध पनि भनिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।