
धादिङमा शनिबार १ जना कोरोना भाईरस सङ्क्रमिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर २ का ४५ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
मृतक पुरुषमा गत असोज २७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । मृतक पुरुषमा मुटु सम्बन्धी समस्या रहेको र काठमाडौमा मृत्यु भएको हो । योसगैँ जिल्लामा ९ जना कोरोना भाईरस सङ्क्रमीतको मृत्य भएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।
धादिङमा शनिबार थप ४६ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि
धादिङमा शनिबार थप ४६ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा गल्छी गाउपालिकाका १८ जना, नीलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाउपालिकाका ८/८ जना, ज्वालामुखी गाउपालिकाका ४ जना, सिद्धलेक गाउपालिका र थाक्रे गाउपालिकाका ३/३ जना र धुनीबेशि नगरपालिका र गजुरी गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा गल्छी गाउपालिका वडा नम्बर ६ का १२ जना, गल्छी गाउपालिका वडा नम्बर ४ र ७ का २/२ जना, गल्छी गाउपालिका वडा नम्बर १ र २ का १/१ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का ६ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का २ जना, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर २ का ६ जना, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर १ र ३ का १/१ जना, ज्वालामुखी गाउपालिका वडा नम्बर ४ का ४ जना, सिद्धलेक गाउपालिका वडा नम्बर ४ का २ जना, सिद्धलेक गाउपालिका वडा नम्बर ७ का १ जना, थाक्रे गाउपालिका वडा नम्बर ७ का २ जना, थाक्रे गाउपालिका वडा नम्बर ११ का १ जना र धुनीबेशि नगरपालिका वडा नम्बर ९ का १ जना र गजुरी गाउपालिका वडा नम्बर २ का १ जना रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ८ सय ३६ पुगेको छ । त्यस्तै कन्ट्याक्ट टे«सिङका आधारमा नीलकण्ठ नगरपालिकाका १ सय २३ जना, जिल्ला अस्पताल धादिङबाट ७६ जना र बेनिघाट रोराङ गाउपालिकाका ४९ जना गरी जम्मा २ सय ४८ जनाको पिसिआर परीक्षणको लागि शनिबार काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।