२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा एकै दिन एक सय एक जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा एकै दिन एक सय एक जनामा कोरोना संक्रमण पुष्टी
सेयर गर्नुहोस्
०सेयर

धादिङमा बुधबार एकै दिन १ सय १ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा जिल्लाभित्रका ८३ जना र १८ जना जिल्ला बाहिरको रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो । जसमा सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकाको ६८ जना रहेका छन् ।

त्यस्तै गजुरी गाउपालिकाका १६ जना, बेनिघाट रोराङ गाउपालिकाका ४ जना, धुनीबेसी नगरपालिकाका, ज्वालामुखी गाउपालिका, थाक्रे गाउपालिकाका ३/३ जना, गल्छी गाउपालिका र त्रीपुरासुन्दरी गाउपालिकाका २/२ जना रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार पुगेको छ । सङ्क्रमीतमध्ये ४ सय ८० जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म जिल्लामा ५ हजार ७३ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षण गरीएको छ । अझै १ सय ६६ जनाको रिपोर्ट आउन बाकी रहेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
सुष्मा गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।