स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ आज भएको थियो । बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने छ ।

Facebook Comments