
धादिङमा निजि खर्चमा पिसिआर परिक्षण अर्थात कोरोना भए नभएको जाँच गर्न पाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ, निलकण्ठ नगरपालिका र स्वास्थ्य कार्यलय धादिङको समन्वयमा नमुना सामुदायिक पोलिक्लििनको प्राविधिक सहयोगमा पिसिआर परिक्षणको लागि स्वाव संकलन भईरहेको नमुना सामुदायिक पोलिक्लिनिकका प्रोपाईटर वालकृष्ण खत्रीले जानकारी दिनुभयो ।
कोरोनाको लक्षण देखिएका विरामीहरुले ३ हजार रुपैयाँ तिरेर नमुना सामुदायिक पोलिक्लिनिक पुछारबजारमा स्वाव संकलन गर्न सकिने खत्रीले बताउनुभयो । सुरुका दिनमा २५ सय रुपैयाँमा स्वाव संकलन गरिएको भएपनि अबदेखी ३ हजार रुपैया शुल्कमा स्वाव संकलन गरिने उहाँले बताउनुभयो । २५ सय रुपैया शुल्क लिएर गर्दा खर्च नधान्ने भएर अबदेखी ३ हजार शुल्क लिएर स्वाव संकलन गर्न लागिएको खत्रीको भनाई छ ।
स्वाव संकलन गरेको बढिमा १२ घण्टा भित्र रिपोर्ट आईपुग्ने पनि खत्रीले बताउनुभयो । नमुना सामुदायिक पोलिक्लीनकबाट अहिले सम्म ९७ जनाले पिसिआर परिक्षणको लागि स्वाव संकलन गराएका छन् । काठमाण्डौं स्थित (PVIPH) पिभिआईपिएच नामक ल्याबमा परिक्षण गराईने प्रापाईटर खत्रीले बताउनुभयो ।
यताा निजि संघ संस्थाले निजि खर्चमा स्वाव संकलन गरि पिसिआर परिक्षण गर्दा नेपाल सरकाले तोकेको मापदण्डमा रहेर सेवा प्रदान गर्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आग्रह गर्नुभएको छ ।
सरकारले तोकेको शुल्क लिनुपर्ने र मापदण्ड पुरा गर्दै परिक्षणको नतिजा प्रमाणिकताको जिम्मा स्वयम सेवा प्रदायकले लिनुपर्ने र परिक्षण पछि कोरोना पोजेटिभ रिपोर्ट आएकाहरुको उपचारको सुनिश्चितताको प्रवन्ध सेवा सेवा प्रदायकले लिनुपर्ने बताउनुभयो ।
नेपाल सरकारको मापदण्ड विपरित सेवा दिएको भन्ने जानाकारी आएका कारवाहीको भागीदार बन्नुपर्ने उहाँले बताउनुभयो ।