२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पठनपाठन सुचारु गर्न विद्यालयहरुलाई त्रिपुरासुन्दरी गाउँपालिकाको निर्देशन

पठनपाठन सुचारु गर्न विद्यालयहरुलाई त्रिपुरासुन्दरी गाउँपालिकाको निर्देशन
सेयर गर्नुहोस्
०सेयर

कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण बन्द भएका विद्यालयहरुमा पठनपाठन संञ्चालन गर्न धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले विद्यालयहरुलाई निर्देशन दिएको छ ।

कार्तिक १६ गते देखि स्वास्थ्य मापदण्ड पुरा गरि विद्यालय संचालन गर्न निर्देशन गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै पालिका भित्र रहेका विद्यालयलाई पठन पाठन सुरु गर्न निर्देशन दिएको हो ।

गाउपालिकाभित्र ३३ वटा सामुदायिक विद्यालय, ७ वटा संस्थागत विद्यालय, २ वटा धार्मिक र ४ वटा समुदायमा आधारीत बाल विकास केन्द्र रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।