२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

लक्षण देखिएमा तत्काल पीसीआर जाँच गराउन विज्ञहरूको सुझाव

लक्षण देखिएमा तत्काल पीसीआर जाँच गराउन विज्ञहरूको सुझाव

कोरोना सङ्क्रमणको दरमा वृद्धि हुँदै गर्दा विशेषज्ञ चिकित्सकहरूले कोरोनाका लक्षण देखिएमा तत्काल पिसिआर परीक्षण गर्न अनुरोध गरेका छन् ।

सङ्क्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिए तत्कालै पिसिआर परीक्षण गर्न सुझाव दिनुभएको हो । उहाँले कोरोना जस्ता लक्षण देखिए पिसिआर परीक्षणमा ढिला गर्न नहुने सुझाव दिनुभयो ।

डा.सुवेदीले सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइने हुनाले समयमै पिसिआर जाँच गराउनुपर्ने पनि बताउनुभयो । उहाँले समयमै पिसिआर जाँच गर्दा रोगको पहिचान हुने सम्भावना बढी हुने भएकाले रोगको निदान गर्न पनि सहज हुने पनि उल्लेख गर्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।