२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चोरी भएको मोटरसाईकल फेला पारी मोटरसाईकल धनीलाई हस्तान्तरण

चोरी भएको मोटरसाईकल फेला पारी मोटरसाईकल धनीलाई हस्तान्तरण
सेयर गर्नुहोस्
०सेयर

जिल्ला प्रहरी कार्यालय धादिङले चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धित मोटरसाईकल धनिलाई बुझाएको छ ।

आईतबार राती अन्दाजी साढे १० बजेको समयमा नीलकण्ठ नगरपालिका वडा नं.१२ का अमृत भट्टको बा ५२ प ३९६६ नं.को रातो पल्सर मोटरसाईकल घरबाटै चोरी भएको थियो ।

चोरी भएको सूचना प्राप्त भए पश्चात तत्काल प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले नीलकण्ठ नगरपालिका वडा नं.८ पुछारबजारबाट फेला पारी मोटरसाईकल धनिलाई आज हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।