धादिङमा आईतबार थप २५ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा गजुरी गाउपालिकाका ९ जना, नीलकण्ठ नगरपालिकाका  ६ जना, धुनीबेशि नगरपालिका र ज्वालामुखी गाउपालिकाका ३/३ जना, बेनिघाट रोराङ गाउपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउपालिकाका र गंगाजमुना गाउपालिका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा गजुरी गाउपालिका वडा नम्बर १ का ७ जना, गजुरी गाउपालिका वडा नम्बर ५ का २ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का २ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ४, ५, ६ र १३ का १/१ जना, धुनीबेशि नगरपालिका वडा नम्बर ७ का ३ जना, ज्वालामुखी गाउपालिका वडा नम्बर ६ का ३ जना, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ६ र ७ का १/१ जना, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का १ जना, गंगाजमुना गाउपालिका वडा नम्बर २ का १ जना रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार १ सय ३० पुगेको छ ।

Facebook Comments