
निलकण्ठ नगरपालिका – ८ ससाहमा मंगलबार विहान भएको दुर्घटना परि घाईते भएका ५ मध्ये ३ जनालाई काठमाण्डौं पठाईएको छ । २ जनालाई हेलिकम्पटरमा र एक जनालाई एम्बुलेनसबाट काठमाण्डौं लगिएको हो ।
दुर्घटनामा परि घाईते हुनुभएका मुक्तीनाथ विकास वैंङका क्षेत्रिय प्रवन्धक सुरेन्द्र श्रेष्ठ सहित अन्य २ जना गरि ३ जनालाई थप उपचारको लागि काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङवेशींबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्करपियो सडकबाट लगभग १ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परि घाईते हुनेहरुमा मुक्तीनाथ विकास वैंङका सुरेन्द्र श्रेष्ठ, गल्छी गाउँपालिका वडा नम्बर १ भई धादिङवेशीं बस्दै आउनुभएका ३० वर्षिय विनोद खतिवडा, गाडिका चालक विक्रम विश्वकर्मा, ३१ वर्षिय चन्द्रलाल दुवाडी र ३८ वर्षिय आईते नेपाली रहेका छन् ।
घाईतेहरुको प्रहरी, स्थानीय युवाहरु लगायत स्थानीय बासिन्दाहरुको सहयोगमा उद्वार गरिएको थियो ।
घाईतेहरुको उद्धार :


