मंगलबार ससाहमा  दुर्घटना भएको स्करपियो जीप । तस्विर : शालिग्राम अधिकारी

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा मंगलबार विहान भएको दुर्घटना परि घाईते भएका ५ मध्ये ३ जनाको काठमाण्डौंमा उपचार भइरहेको छ ।

दुर्घटनामा परि घाईते भएका त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर २ सल्यान्टारका ३४ बर्षीय सुरेन्द्र श्रेष्ठ, गल्छी गाउँपालिका वडा नम्बर १ का ३० वर्षिय विनोद खतिवडा र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का आइते नेपालीको काठमाडौ स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । घाईते श्रेष्ठ मुक्तीनाथ विकास वैंकका क्षेत्रिय प्रवन्धक हुन् भने खतिवडा मुक्तीनाथ विकास वैंक धादिङ शाखाका प्रवन्धक हुन् ।

अन्य घाईते २ जना भने धादिङ अस्पतालमा सामान्य उपचार पश्चात घर फर्किएका छन् । धादिङवेशींबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्करपियो सडकबाट लगभग १ सय मिटर तल खसेर दुर्घटना भएको थियो । घाईतेहरुको प्रहरी, स्थानीय युवाहरु लगायत स्थानीय बासिन्दाहरुको सहयोगमा उद्वार गरिएको थियो ।

यस्तै निलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित पाल्पा भञ्ज्याङमा घाईते मंगलबार दिउसो मोटरसाईकल दुर्घटना हुँदा १ जना घाईते भएका छन् ।

बा ७८ प ७४१३ नम्बरको मोटरसाईकल सडकमा अनियन्त्रीत भई आँफै दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका ३ स्थायी घर भई हाल पाल्पा भञ्ज्याङ स्थित एक विद्यालयमा लेवर काम गर्दै आएका २१ वर्षिय सोवित तामाङ रहेका छन् ।

घाईते तामाङलाई धादिङ अस्पतालमा सामान्य उपचार पश्चात काठमाण्डौं स्थित थप उपचारको ट्रमा सेन्टर पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


ससाह दुर्घटना अपडेट : घाईते ३ जनालाई काठमाण्डौं लगियो


यस्तै पृथ्वी राजमार्ग अन्र्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ सिम्ल स्थित डाङडुङ पुल नजिकै मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन् ।

मंगलबार दिउँसो २ बजे काठमाडौबाट मलेखुतर्फ आउँदै गरेको गरेको ना ३ ख ६०६१ नम्बरको ट्रकले विपरित दिशावाट आउँदै गरको बा २९ प ८७८३ नम्बरको मोटरसाईकललार्ई ठक्कर दिँदा मोटरसाईकल चालक थाँक्रे गाउापालिका वडा नम्बर १ का २२ वर्षिय शंकर तामाङ गम्भीर घाईते भएका छन् । भने मोटर साईकलन पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

गम्भीर घाईते तामाङको पनि काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने २७ वर्षिय सरोज कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments