२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

वैदेशिक रोजगार विभागका कम्प्युटर अपरेटरविरुद्ध मुद्धा दायर ।

सेयर गर्नुहोस्
०सेयर

मंसिर ३,धादिङ ।
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका कम्प्युटर अपरेटर भाग्यनारायण झाविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ ।

श्रम स्वीकृति लिने सेवाग्राहीमाथि दलाल लगाएर घुस लिएको आरोपमा झाविरुद्ध मुद्धा दायर गरिएको हो । उहाँले सेवाग्राही मार्फत २८ हजार पाँच सय रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

विभागका महानिर्देशक सहित अन्य तीन जनालाई घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको एक हप्ता नबित्दै झाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरिएको हो ।
उज्यालो अनलाईबाट,

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।