
मंसिर ३, धादिङ ।
धादिङको थाक्रे गाउँपालिका वडा नं ५ मा एमाले उम्मेद्धार भुमि त्रिपाठी चढेको गाडीलाई लक्षित गरी सुतरी वम प्रहार गरेको छ ।
आईतबार विहान थाक्रे गाउपालिका वडा नं ५ दामेचौरको कार्यक्रम सकेर सोहि ठाउँको वाहुन डाडा भन्ने स्थानमा आयोजना गरिएको वामगठवन्धनको सभालाई सम्वोधन गर्न जाने क्रममा आफु चढेकोे गाडिलाई लक्षित गरी बम विष्फोट गराएको नेकपा एमाले धादिङका अध्यक्ष एवं क्षेत्र नम्बर १ का उम्मेद्वार भुमी त्रिपाठीले बताउनुभयो ।
घटनामा कुनै पनि क्षति भएको छैन । घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी बम विष्फोट गराउने समुहको खोजी भईरहेको प्रहरीले जनाएको छ ।